Second Menu
▼
पचास हजार पुरस्कार राशिको बृहत् फेसन स्पर्धा आज
काठमाडौँ – बृहत् फेसन डिजाइनिङ प्रतिस्पर्धा ‘भोयाज अफ क्रिएसन’ को दोस्रो संस्करण आज राजधानीमा हुँदैछ ।
नेपाल इन्स्टिच्युट अफ फेसनको आयोजनामा होटल अन्नपूर्णमा आज साँझ हुने प्रतियोगितामा ४८ डिजाइनरले फरक फरक सिक्वेन्समा आफ्नो सिर्जनालाई प्रस्तुत गर्नेछन् । यसमा २० महिला र १० जना पुरुष मोडल हुनेछन् ।
सो प्रतिस्पर्धाको ‘सो स्टपर’को रुपमा बलिउड अभिनेता राहुल रोय, भारतीय सुपर मोडल एवम् अभिनेत्री साधना सिंह, डिजाइनर लक्की सुरिन र मोडल तान्जिम आलम ¥याम्पमा उत्रने छन् ।
नेपालको सबैभन्दा ठूलो फेसन डिजाइनिङ भनिएको यस प्रतियोगिताका विजयीलाई रु ५० हजार पुरस्कारसहित कलिउड र बलिउडको सिनेमामा डे«स डिजाइनिङको अवसर उपलब्ध गराइने छ । बलिउडमा महेश भट्ट, ऋतु कुमार र मनिष मलहोत्रालगायतसँग प्रशिक्षार्थीका रुपमा काम गर्ने अवसर उपलब्ध गराइने छ ।
बलिउड नायक रोयले नेपाली युवा फेसनप्रति सचेत रहेको आफूले हेक्का राखेको बताउँदै यहाँ यस्ता स्पर्धा धेरैभन्दा धेरै हुन जरुरी रहेको धारणा राखे ।
प्रतियोगितामा नेपाली गायिका इन्दिरा जोशी, नायिका केकी अधिकारी, नेपाली सुपर मोडल दीपक घिमिरे र पूर्व मिस नेपाल सुविन लिम्बूलगायतले पनि ¥याम्पमा प्रस्तुति दिनेछन् ।
ठाउँ नपाएर बसेका प्रतिभालाई ‘एक्सपोजर’ दिने उद्देश्यले ह्याटसअप इन्टरटेन्मेन्टको सहकार्यमा जिरो ग्राउन्डले प्रतियोगिता आयोजना गर्न लागेको हो ।
इन्स्टिच्युटका प्रबन्ध निर्देशक अमित झाले नेपाली फेसन डिजाइनरलाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।

No comments:
Post a Comment