इलेक्ट्रो पेन अर्थात् नयाँ जमानाको पेन । स्मार्टफोनमा कनेक्ट गरेर यसको प्रयोग गरी जति पनि लेख्न सकिन्छ । त्यसैले टाइप गर्ने वा अन्य कुनै पनि झन्झट हुँदैन । भारतीय कम्पनी पोट्रोनिक्सले यसको निर्माण गरेको हो ।
इलेक्ट्रो पेनको प्रयोगका लागि आफ्नो स्मार्टफोनमा इलेक्ट्रो पेन–३ एप्स डाउनलोड गर्नुपर्छ । त्यसपछि यसलाई ब्लुटुथ वा युएसबी केबुलको सहयोगले ल्यापटप वा कम्प्युटर जेमा पनि कनेक्ट गर्न सकिन्छ । त्यसपछि आफूलाई जे मन लाग्यो, त्यो लेख्न सकिन्छ । यसरी लेखिएको सबै कुरा ल्यापटप वा कम्प्युटरको स्क्रिनमा देखिन्छ । यसमा लेख्नेबाहेक विभिन्न प्रकारको डिजाइन, पेन्टिङ वा विभिन्न प्रकारको डकुमेन्ट पनि बनाउन सकिन्छ ।
यसरी बनाइएका विभिन्न सामग्रीलाई थप्न, हटाउन, रंग भर्न वा सेयर गर्न सकिन्छ । यसको भिडियो बनाएर स्लाइड शो पनि गर्न सकिन्छ । एकपटक चार्ज गरेपछि इलेक्ट्रो पेनले लगातार ८० घण्टासम्म काम गर्न सक्छ ।
No comments:
Post a Comment