Second Menu

भदौ २४ मा छक्का पञ्जा

हाँस्य अभिनेत्री दीपाश्री निरौलाको डेब्यू निर्देशनको चलचित्र ‘छक्का पञ्जा’ भदौ २४ गतेदेखि प्रदर्शन हुने भएको छ ।

अघिल्लो साता छायांकन सम्पन्न भएको यो चलचित्रको प्रदर्शन दसैंमा गरिने अनुमान गरिएको थियो । अनुमान विपरित चलचित्रका अभिनेता तथा निर्माता दीपकराज गिरीले फेसबुक पेजमार्फत यसको प्रदर्शन मिति घोषणा गरेका हुन् । हाल सम्पादनको क्रममा रहेको यो चलचित्रमा दीपकराज, दीपाश्री, निर्मल शर्मा, जीतु नेपालसहित विभिन्न हाँस्य कलाकारको लगानी छ ।

चलचित्र वितरक कम्पनीसंगको छलफलपछि चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरिएको निर्देशन दीपाश्री निरौलाले स्पष्ट पारेकी छिन् । चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, दयाहाङ राई, जीतु नेपाल, शिवहरी, पौडेल, केदार घिमिरे, बुद्धि तामाङ्ग, नम्रता सापकोटा आदि कलाकारले अभिनय गरेका छन् ।

No comments:

Post a Comment