Second Menu

मेच घुमाउँदै डिसी

दिनेश डिसी बहमुखी प्रतिभाका धनी हुन् भन्ने कुरा भनिरहनु पर्दैन । चलचित्रको निर्देशनदेखि अभिनयसम्म, गायनदेखि कार्यक्रम सञ्चालनसम्म, भिडियो जक्कीदेखि रेडियो जक्कीसम्म डिसीले काम नगरेको कुनै विधा छैन भन्दा पनि हुन्छ ।

रेडियोमा त उनले ‘आवाजको दुनियाँको साथी’ उपनाम नै पाएका छन् । यतिबेला उनी रेडियो कान्तिपुरको ‘घुम्ने मेच’ कार्यक्रमका कारण चर्चामा छन् । प्रत्येक शनिबार बिहान प्रसारण हुने यो कार्यक्रममा डिसीले समाजका हरेक क्षेत्रका व्यक्तित्वलाई अतिथि बनाइरहेका छन् । एउटा कार्यक्रममा उनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अतिथि बनाएर कार्यक्रमको टिआरपी बढाए ।

प्रचण्ड निवास लाजिम्पाटबाटै प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा प्रचण्डले नेपाली सञ्चारमाध्यमले आफ्नो उपनाम ‘प्रचण्ड’ उल्लेख नगरेकोमा चित्तसमेत दुखाएका थिए । आफूले हात हालेका हरेक विधामा केही फरक काम गर्न रुचाउने डिसीले प्रचण्डसँग गरेको कुराकानी प्राय: सबै सञ्चारमाध्यमले गसिपका रूपमा प्रस्तुत गरेपछि आफ्नो कार्यक्रमको लोकप्रियता पुष्टि भएको डीसीको ठोकुवा छ ।

No comments:

Post a Comment