कुनै पनि मानिस गरिब हुँदैन । गरिबी त एउटा सोच मात्र हो । जसले आफूलाई गरिब सोच्छ उसले आफूलाई पक्कै पनि आफूभन्दा समृद्ध व्यक्तिसँग तुलना गर्छ ।
किशोर रानाभाट
गरिब त मनभित्रको दरिद्रताले बनाउँछ । थोरै मानिसले मात्र पुर्खाको सम्पत्तिमा गुजारा चलाउँछन् । गरिब त्यो हो जो अरूको सम्पत्तिको भरमा आफूलाई धनी सम्झन्छ । साँच्चै भन्नु्पर्दा जसले शून्यबाट सुरुवात गर्छ ऊ नै धनी हो । जसले आफूलाई निलज्ज सम्झी सधैँ मन दुखाउँदै आफैंलाई धिक्कार्छ ऊ नै हुन्छ सबैभन्दा गरिब ।
तंग्लुवा
सबै वस्तुलाई मूल्यमा तोकेर ।
थापा अनुज
काम गर्ने पाखुरी बजार्न नसकेर, तर नेपाली चाहिँ विदेशमा रगत बगाएर नेताहरू पाल्नुपर्ने भएर गरिब हुन्छन् ।
तुफान तेजिन
मानिस न गरिब छ न कहिल्यै गरिब हुनेछ । बस, हेर्ने चस्मा सही हुनुपर्छ । मनले गरिब धनले धनी हुन्छ । धनले गरिब मनले धनी हुन्छ ।
किरान पराजुली
जे छ त्यसमा सन्तुष्ट नभएर । जहिले पनि पैसाको तनाव लियो अनि भएको पैसा उडायो भने मानिस गरिब हुन्छ ।
सोमन रुम्दाली
गरिब हुनुका हजारौं कारण छन् । गरिबीका प्रकार पनि धेरै हुन्छन् । त्यसैले कुन प्रकारको गरिबी हो त्यो बुझ्न पाए उत्तर दिन सजिलो हुने थियो ।
राजभाइ
जब मानिसको सोच नै गरिब हुन्छ, तब त्यो मानिस गरिब हुन्छ ।
संगम भट्टराई
पैसा नभएर ।
कुमार बुढाथोकी
अब किन गरिब हुन्छ भन्नु ? गरिब भएर मान्छे गरिब हुन्छ होइन र ?
भीम थापा
भौतिक वस्तुको कमीले, आत्मसन्तुष्टिको कमीले ।
ऋषिराम पोखरेल
हातको मैला सुनको थैला के गर्नु धनले ?
खेम गुरुङ
अरूसँग आफ्नो तुलना गर्नाले ।
अनु प्रणव भण्डारी
मानिस कहिल्यै गरिब हुँदैन, गरिबी त मानिसको सोचमा हुन्छ ।
नारायण कार्की
लोभ गर्दा ।
कुमार तामाङ
मेहनत नगरेर अनि बुद्धि नपुगेर ।
राई कुलुङ समीर
मान्छे घमन्ड र अल्छीपनले गरिब हुन्छ ।
विद्रोही दमन धादिङ्गे
पैसा नभएका कारण ।
सुरज राना
अरूले उधारो बढी लिई फिर्ता नगर्दा ।
राजेश
जब मान्छे धनी हुन सक्दैन तब ऊ स्वत: गरिब हुन्छ ।
कृष्ण पाण्डे
खै को गरिब छ, को धनी छ ? सबै मानिस एकै हुन्, हेर्ने दृष्टिकोण मात्र धनी–गरिब हो ।
लाल किराँती
मन गरिब भएर ।
सुवास महत
मानिस गरिब किन हुन्छ भन्ने प्रश्न नै गलत छ । बरु मान्छे धनी किन हुन्छ भन्नुचाहिँ अर्थपूर्ण होला ।




0 comments:
Post a Comment