न्युजिल्यान्डमा रातको समयमा पुरुषको अन्डरवेयर र मोजा चोर्ने एउटा बिरालो पक्राउ परेको छ । ६ वर्षीय उक्त बिरालोको नाम ब्रिगिट हो ।
यो बिरालोले २ महिनामा हेमिल्टन सहरमा ११ जोर अन्डरवेयर तथा ५० भन्दा बढी मोजा चोरेको थियो । यो बिरालोको मालिक्नी सारा नाथनले यो बिरालोको आश्चर्यजनक व्यवहारका सम्बन्धमा फेसबुकमा जानकारी दिएकी थिइन् । नाथनका अनुसार सफाइका क्रममा पुरानो अन्डरवेयर देखेपछि बिरालोको उक्त हर्कतका सम्बन्धमा जानकारी भएको थियो ।
साराले भनेकी छिन्, ‘त्यो हाम्रो घरको कुनै सदस्यको थिएन र एक दिन ब्रिगिटले एउटा मोजालाई बच्चाजस्तो मुखमा च्यापेर ल्याएको देखें ।’
No comments:
Post a Comment