Second Menu

पूजा रिसाएपछि

व्यवसायिक रूपमा सफल चलचित्र ‘प्रेम गीत’ की नायिका पूजा शर्मा यतिबेला आफ्नै चलचित्र युनिटसँग रुष्ट छिन् । त्यसो त चलचित्र सफल भएपछि निर्माता सन्तोष सेन तथा निर्देशक सुर्दसन थापाबीच नै दूरी बढिसकेको छ । यो चलचित्र अहिले नेपाल बाहिर विभिन्न देशमा प्रदर्शन भैरहेको छ ।

चलचित्रको प्रदर्शनका लागि निर्माता सेनले अभिनेता प्रदीप खड्कालाई मात्र सँगै लगेका छन् । दर्शकले पनि चलचित्रमा पूजालाई भन्दा प्रदीपलाई बढि मन पराएका छन् । पूजाले आफूलाई विदेशका प्रदर्शनमा ‘बाइकट’ गरिएको थाहा पाएपछि निर्माता सेनलाई फेसबुकबाट अनफ्रेन्ड गरेकी छिन् भने अभिनेता खड्कालाई ब्लक नै गरिदिएकी छिन् । पूजाको पछिल्लो कदमप्रति चलचित्रकर्मीहरूले आश्चर्य व्यक्त गरेका छन् ।

यो तिक्ततासँगै निर्देशक थापा, निर्माता सेन तथा नायिका शर्माले निकट भविष्यमै निर्माण गर्ने भनिएको चलचित्र रोकिएको छ भने उनीहरूले भविष्यमा सहकार्य गर्न सक्ने सम्भावना पनि न्यून भएको छ ।

No comments:

Post a Comment