सपिङ गर्नुअघि घरमा के कस्ता सामग्रीको आवश्यकता छ ? सूची तयार गरियो भने सपिङ छरितो हुनुका साथै अनावश्यक सामग्रीमा हुने खर्च पनि कटौती हुन्छ ।
सपिङ गर्न घरबाट निस्कनुअघि नै आवश्यक बजेट तय गर्नुपर्छ ।
यदि समय छ भने आवश्यक सामग्रीको मूल्य केही ठाउँमा बुझ्नुपर्छ । यसले गर्दा ठगिने सम्भावना कम हुन्छ ।
आफूले खरिद गरेको सामग्रीमा कुनै डिस्काउन्ट स्किम छ–छैन, बुझ्न सकिन्छ ।
सधै एउटै ब्रान्डको पछि लाग्नुभन्दा पनि नयाँ ब्रान्ड पनि प्रयोग गर्नुपर्छ ।
No comments:
Post a Comment