कागती बाह्रैमास पाइने फल हो । यो स्वादिलो मात्र होइन औषधिय गुणले पनि भरिपूर्ण छ ।
यसमा पर्याप्त मात्रामा भिटामिन–सी पाइन्छ ।
कागतीले छालाको सौन्दर्य कायम राख्न सहयोग गर्छ ।
गर्मी मौसममा कागतीको रस पानीमा मिसाएर पिउन सकिन्छ । यसले शरीरलाई शीतलता त प्रदान गर्छ नै, हैजाबाट पनि जोगाउँछ ।
चक्कर लागिरहेका बेला वा उल्टी भैरहेको अवस्थामा कागतीको टुक्रालाई बीरे नुन र मरिचसँग मिसाएर खानुपर्छ ।
जसलाई खानामा अरुचि छ वा पेटको समस्या छ, उनीहरूले कागतीको रसमा थोरै वीरे नुन मिसाएर पिउनुपर्छ ।



0 comments:
Post a Comment