Second Menu

खुला आकाश (गजल)

- पूजा घिमिरे

झलमल जून र
एक पातसँग अर्को
पात खानेखुसी गर्दै
सरसर आएको
चिसा बतास...
अनि तिम्रो याद

०००
एकोहोरिएका आँखा
अडिक भएको शरीर
आँसुका ढिक्का पट्ट
पट्ट फुट्छन् र तिनले
सोध्छन् किन गरेको
उसको याद ।
००००
सायद तिमी मेरो कल्पना बाँच्छौ
मिलनको औंला भाँच्दैछौ ।
समयलाई धिक्कार्दै छौ मैले जस्तै
थुप्प्रो भएको ओडारका आकार त्यही याद ।।।
००००
झन्–झन् गहिरिँदैछन्
झन्–झन् सुवासिला
झन्–झन् हँसिला
र श्रृंगारिक हुँदैछन्
तिम्रा मखमली याद
हाम्रा पूजनीय याद ।

No comments:

Post a Comment