Second Menu

प्राईमेक्स नेपाली बजारमा



 भैरहवा, – जेके ह्वाईट्स सिमेन्टको नयाँ उत्पादन जेके प्राईमेक्स वाल पुटिनको नेपालमा औपचरिक बिक्री वितरण शुरु भएको छ । सोमबार भैरहवामा भव्य कार्यक्रमको आयोजना गरि उक्त सिमेन्टको नेपालमा बिक्री सुरु गरिएको हो ।

बाल पुट्टिमा अहिले सबैभन्दा सस्तो र बढी कभरेज गर्ने प्राइमेक्सको बिशेषता रहेको कम्पनीका सिनियर एक्ज्युक्टिभ कुन्दन कुमारले बताए । यो पनि ह्वाईट्स सिमेन्टले नै बनेको पुटिन भएको र १ किलोमा १ सय स्क्वायर फुट कभरेज क्षमता रहेको कारण अन्य पुटिनभन्दा सस्तो पर्ने उनको भनाई थियो ।

यसका साथै यो लामो समयसम्म टिकाउ पनि रहेको उनले बताए । प्लाष्टर गरेको भोलीदेखि नै यो भित्तामा लगाउन सकिने तथा भित्ताका जोडहरुलाई पनि लुकाउन सक्ने क्षमताको रहेको कन्ट्री हेड चतुर्वेदीले बताए ।

भैरहवाबाट शुरु भएको जेके प्राईमेक्स १० किलोको बाल्टीमा आउने र प्रति बाल्टीको १ हजार ७ सय ५० रुपैयाँ पर्ने जेके सिमेन्टका पश्चिम, मध्यपश्चिम र सुदुरपश्चिमका मार्केटिङ्ग एरिया सेल्स सन्तोष शुक्लाले बताए ।

No comments:

Post a Comment