अनुज्ञा मिस एसएलसी झापा



ड्रिम्स वल्र्ड इन्टरटेन्मेन्टले आयोजना गरेको मिस एसएलसी झापा–२०१६ को उपाधि अनुज्ञा रेग्मीले जितेकी छिन् ।

बिर्तामोडमा सम्पन्न यो प्रतियोगितामा २४ जना प्रतिस्पर्धीलाई पछि पार्दै रेग्मीले उपाधि जितेकी हुन् । भद्रपुर झापाकी १६ वर्षीया रेग्मीले उपाधिसँगै मिस ट्यालेन्ट, मोस्ट क्रिएटिभ तथा सोसियल एक्टिभको उपाधि समेत जितिन् । यो प्रतियोगितामा फस्ट रनर्सअप श्रद्धा प्रसाईं तथा सेकेन्ड रनर्सअप एलिसा कार्की घोषित भए ।

कार्यक्रममा निर्णायकको भूमिका गायक सुगम पोखरेल, नायिकाहरू ऋचा शर्मा, वर्षा राउत एवं सञ्चारकर्मीहरू राधाकृष्ण धिताल र सुशील नेपालले निर्वाह गरेका थिए ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects