आज प्रदर्शित हुने चलचित्र बिरानो माया

प्रेममा प्राप्ति वा समर्पण मात्र होइन, प्रेम गर्नेले प्रतीक्षा पनि गर्न सक्नुपर्छ भन्ने कुरामा केन्द्रित चलचित्र ‘बिरानो माया’ आज शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ ।

यो चलचित्रमा नेपाली समाजको कथा एवं परिवेश देखाउन खोजिएको निर्देशक माधव खरेलले बताएका छन् । यो चलचित्रमा श्रीदेव भट्टराई र रोहित रुम्बा नायक तथा नम्रता सापकोटा र दिपशा बिसी नायिकाको भूमिकामा छन् । चलचित्र विरानो मायामा निर्देशक दिनेश डिसी एवं पत्रकार ऋषि धमला विशेष भूमिकामा देखापर्छन् ।

प्रेमलाई सफल बनाउन खोज्ने एक युगल जोडी प्रेमलाई धनसम्पत्तिसँग दाँज्ने अभिभावकहरूको मनसाय बुझेर नेपालको पूर्वी भेकको पहाडी गाउँ पुगेर आफ्नो प्रेम सफल बनाउने प्रयासमा लाग्छन्, तर त्यहाँ पनि प्रेमका शत्रुहरूले उनीहरूलाई अप्ठेरोमा पार्छन् । चलचित्र ‘बिरानो माया’मा रूपेश उप्रेतीको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशन, जनकराज सापकोटाको छायांकन तथा प्रितम पाण्डेको सम्पादन छ ।

निर्देशक : माधव खरेल
संगीत : अनिल विरह/मनोजराज
कलाकार : श्रीदेव भट्टराई,रोहित रुम्बा, नम्रता सापकोटा, दिपशा बिसी, दिनेश डिसी, ऋषि धमला आदि ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects