जिग्री र पाँडेलाई हेर्ने भीड

संखुवासभाको वानामा जारी वाना महोत्सवको आकर्षणको केन्द्र बिन्दु बने जिग्री (कुमार कट्टेल) र पाँडे (अर्जुन घिमिरे) । महोत्सवमा आएका दर्शकलाई उनीहरूको जोडीले पर्याप्त मनोरञ्जन प्रदान गर्‍यो ।

नेपालको राजनीतिलगायत समसामयिक विषयहरू उठाउँदै जिग्री र पाँडेले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, सांसद दीपक खड्का, आयोजक एवं दर्शकहरूलाई समेत व्यंग्य गर्न भ्याए ।

उनीहरूको प्रस्तुति हेर्न सदरमुकाम खाँदबारी, जलजला, तुम्लिङटार आदि स्थानबाट दर्शकको घुइँचो लागेको थियो । महोत्सवमा गायक नवीन खड्का, पुस्तका खड्का आदि पनि प्रस्तुत भएका थिए ।

जिल्लाको पर्यटकीय विकास एवं प्रवद्र्धनको उद्देश्यले यो महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा जातीय एवं मौलिक संस्कृतिसम्बन्धी विभिन्न गतिविधिहरू समावेश थिए ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects