मलिन मलिना

२०१२ की मिस नेपाल मलिना जोशीको प्रेम चलचित्र अभिनेता तथा मोडल अनुपविक्रम शाहीसँग थियो भन्ने चर्चा गरिन्थ्यो । यद्यपि अहिले यी दुईबीचको सम्बन्धले विश्राम लिइसकेको बताइन्छ ।

अनुप नायकरहेको चलचित्र ‘ठमेल डटकम’ प्रदर्शनताका अनुप र मलिनाबीचको ‘ब्रेकअप’का गसिप निकै आए । यसै साता मलिना नायिका रहेको चलचित्र ‘द विनर’को पत्रकार भेटघाटमा कसैले उनको ‘ब्रेकअप’को कुरा कोट्यायो । एकैछिन अघिसम्म प्रसन्न देखिएकी मलिनाको मुहार त्यो प्रसंगले मलिन भयो ।

अनि उनले भनिन्– ‘मैले आफ्नो प्रेम भएको कुरा कसैसँग भनिन् भने ब्रेकअपको कुरा कसरी आयो ?’ मलिनाको उक्त चलाखीपूर्ण जवाफले पत्रकारको जिज्ञासा मेटियो कि मेटिएन, बेग्लै कुरा हो तर त्यतिबेला देखिएको उनको मलिन मुहारले भने धेरै कुरा भनिसकेको थियो ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects