Second Menu

पुन: झुल्किइन् तेजुला

चलचित्र द मस्ट वान्टेड र जस्ट फर यूमार्फत आफ्नो करियर बनाउने क्रममा एकाएक हराएकी नायिका तेजुला खतिवडा चार वर्षपछि पुन: झुल्किएकी छिन् ।

तेजुला गायक बाबु बोगटीको पछिल्लो एल्बम रेस्पेक्टमा समावेश धेरै पछि..... गीतको म्युजिक भिडियोमार्फत पुन: काँचको पर्दामा देखिएकी हुन । गत वैशाख २७ गते आफ्नो जन्मदिनको अवसरमा आफू अभिनीत म्युजिक भिडियो तथा एल्बम रेस्पेक्ट एकसाथ सार्वजनिक भएकोमा खुसी व्यक्त गर्दै नायिका खतिवडाले भनिन्— चार वर्षपछि दर्शकमाझ आउन पाए त्यो पनि आफ्नो जन्म दिनको अवसरमा, यो एउटा सञ्जोग नै हो । चलचित्रमात्र नभएर मोडलिङमा समेत आफ्नो पहिचान बनाइरहेको अवस्थामा हराएकी खतिवडा अब भने कलाकारितामै सक्रिय रहने बताउँछिन् ।

No comments:

Post a Comment