Second Menu

पत्यानुहुन्छ ? यो फोटो हैन कलाकारले बनाएको चित्र हो !


काठमाडौं – जापानका सिनिची फूरुया अद्भूत कलाकार हुन् । उनले वास्तविक फोटोजस्तै देखिने तस्विरहरु तयार पार्छन् । तर, उनीसँग यस्ता तस्विर कोर्नका लागि खास विशेष प्रविधि भने केही छैन् । केवल पेन्सिल र पेपरको सहयोगमा उनले तयार पारेका तस्विरहरु अहिले इन्टरनेटमा भाइरल बनेका छन् ।

उनी प्राय जापानिज सेलिब्रेटीहरुका चीन कोर्छन् । तर इन्टरनेटमा ति चित्र हेर्ने कसैले पनि त्यसमा चित्र भन्दैनन् । उनले केवल पेन्सिलकै भरमा यस्ता तस्विर बनाउँछन् भन्ने विश्वास गर्न जति गाह्रो छ । त्यति नै उनी केवल चित्रकलाका सौखिन मात्रै हो भनेर विश्वास गर्न गाह्रो छ ।

सिचिनी पेशाले मध्यमवर्गीय व्यापारी हुन् । उनी फूसर्दको समयमा मात्रै चित्र कोर्छन् र उनले चित्र कोर्नका लागि कतै पनि जागिर पाएनन् ।


उनले कोरेका तस्विर हेर्दा मानिसहरुलाई उनले धेरै दिन लगाएर तस्विर बनाउँछन् भन्ने लाग्छ । तर सिनिची फुरुयाले एकैछिनमा तस्विर कोर्छन् । त्यसको प्रमाण उनको यो भिडियोमा पनि हेर्न सकिन्छ ।

फूरुयाले जापानिज अभिनेत्री युई अरागाकी, कासूमी अरिमुरा र मोडल सुजु हिरोसको ल्याक एन्ड व्हाइट तस्विर तयार गरेका छन् । उनले कोरेको अमेरिकी गायिका टेलर स्विफ्टको चित्र हेर्दा कसैले पनि यो चित्र हो भन्न सक्दैनन् ।

No comments:

Post a Comment