Second Menu

दुईवटा टाउको, तीनवटा आँखा : चीनमा जन्मियो अचम्मको सुँगुर


बेइजिङ – चीनमा दुईवटा टाउको भएको सुँगुर अहिले निकै चर्चामा छ । यो सुँगुरको बच्चा दुईवटा टाउको, तीनवटा आँखा, दुई नाक र दुई मुखसहित जन्मिएको थियो । झोङ गुयुआनको फार्ममा जन्मिएको यस बच्चाका सम्बन्धमा मालिक झोङ भन्छन्–‘यसको आमालाई मैलेँ तीन वर्षअघिदेखी पाल्दै आएको थिएँ ।

आमाले गर्भवती छदाँ सामान्य दानाबाहेक केही खाएकी थिइनन् । तर एक्कासी यो अनौठो बच्चा जन्मियो । यो बच्चा किन्नका लागि २ हजार युआनसम्म खर्चन अन्य व्यक्तिहरु तयार छन् ।’

पैसाका प्रस्ताव आएपनि झोङले यो सुँगुरको बच्चा नबेच्ने भएका छन् । न्यनका छोराले यस बच्चालाई पाल्ने इच्छा राखेपछि उनले नबेच्ने भएका हुन् ।

तर चीनमा दुईवटा मुख लिएर जन्मिएको यो पहिलो सुँगुर होइन ।

चीनमा यस्ता घटना सामान्य हुन् । यसअघि सन् २०१५ का अगस्टमा पनि दुईवटा टाउको भएको एउटा सुँगुरको बच्चा तान्जिन नजिकको बौद्ध गुम्बामा फेला परेको थियो । दुई टाउको र तीनवटा कान रहेको यस बच्चाले दुईवटै मुखबाट खान सक्थ्यो । सन् २०१५ को जूनमा पनि चीनको चोङक्विङमा यस्तै बच्चा जन्मिएको थियो । तर उक्त बच्चा तीन दिनपछि नै मर्यो ।

No comments:

Post a Comment