Second Menu

महिमाले अब अंगप्रदर्शन नगर्ने

काठमाडौं । अंग प्रदर्शनकै बलमा चलचित्र क्षेत्रमा स्थापित हुने प्रयासमा रहेकी महिमा सिलवाल अब थाकेकी छिन् । प्रत्येक चलचित्रमा अश्लिल दृष्य दिँदा लगातार आलोचना सहनुपरेपछि उनी अब सुधि्रने बाटोमा लागेकी हुन् ।

जिगोलो, अपि्रल फूल, दानवलगायत एक दर्जन चलचित्रमा अभिनय गरेकी छिन् उनले । आफूले अभिनय गरेका फिल्मले लगानी उठाओस् वा नउठाओस् तर, चर्चा भएकै हुनुपर्छ भन्ने उनको मान्यता छ । त्यसैले एकाध दृष्यमा भए पनि महिमाले अश्लिलता पस्केकै हुन्छिन् ।

‘अब मलाई पहिलाकै जस्तो देख्न पाउनु हुने छैन,’ अनलाइनखबरसँग कुरा गर्दै महिमाले दावी गरिन्, ‘म छानेर मात्रै फिल्म खेल्छु । संख्या बढाउनेतिर लाग्दिन ।’

बिगतका चलचित्र नाम र दामका लागि काफी भएको धारणा राख्ने महिमा अब चलचित्रको विषय, ब्यानर र कथावस्तु हेरेर मात्रै काम गर्ने योजनामा छिन् ।

No comments:

Post a Comment