संयुक्ति लिटिल मिस युनिभर्समा फस्ट रनर्सअप

हालै जर्जियाको टिबिल्सीमा सम्पन्न बालबालिकाहरूको अन्तर्राष्ट्रिय स्तरको प्रतिभा, बौद्धिकता एवं सुन्दरता मापनको प्रतियोगिता ‘लिटिल मिस युनिभर्स–२०१६’ मा नेपाली प्रतिनिधि ९ वर्षीया संयुक्ति थापाले फस्ट रनर्सअपको उपाधि जितेकी छिन् ।

थापाले उक्त प्रतियोगितामा लिटिल मिस लेडी अफ द युनिभर्सका साथै आफ्नो उमेर समूहमा यङ मिस युनिभर्स विधातर्फ फस्ट रनर्सअप उपाधि पनि आफ्नो नाममा लेखाइन् । यो प्रतियोगितामा नेपाललाई बेस्ट थ्रोन्स पार्टी एवार्ड तथा बेस्ट प्यारेन्ट्स एवार्ड पनि प्राप्त भएको छ । बेस्ट प्यारेन्ट्सको अवार्ड संयुक्तिकी आमा रजनी थापालाई प्रदान गरिएको थियो ।

लिटिल मिस युनिभर्स–२०१६ को उपाधि भने कजाकिस्तानकी ९ वर्षीया एल्जिजा कराडझानोभाले जितेकी छिन् । संयुक्तिको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता भने होइन । यसअघि उनी टर्कीको अन्टालियामा सम्पन्न लिटिल मिस एन्ड मिस्टर युरेसिया–२०१५ मा नेपालका तर्फबाट सहभागी भएकी थिइन्, जसमा उनले प्रिन्सेस अफ युरेसिया–२०१५ एवार्ड हात पारेकी थिइन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects