कसैलाई देख्यो कि सरापेर आफैँ भाग्ने यी ‘सरापे’


 
 काठमाडौं–हास्य कलाकार यादव देवकोटा ‘सरापे’एउटा यस्तो पात्र हुन् कि, कसैलाई दखिहाल्यो कि सरापी हाल्ने ! उनले कसैलाई देख्नासाथ तथानाम गाली गरेर सराप्ने गर्छन ।

छिटो–छिटो बोलेर भकभके स्वरमा उनले सरापेको देख्दा जो कोही पनि हाँस्छन् ।

तर, उनले रियल लाइफमा भने सराप्छन् या सराप्दैनन् थाहा छैन् । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएका टेलिश्रृंखला ‘मेरी बास्सै’, ‘शंख चक्र’, ‘तिते करेली’, र ‘गाई कि त्रिशुल’ जस्ता सिरियलमा देखिएका उनले जो कोहीलाई देख्यो कि सरापेर आफैँ भागिहाल्थे ।

आजकाल उनै सरापे कमेडी गाइजात्राको तयारीमा लागेका छन् । उक्त गाइजात्राको कथा/निर्देशन ‘सरापे’ र सुरेश थापा ‘दर्शने’ रहेका छन् ।

छिट्टै नै कमेडी गाइज युट्युब च्यानलमा आउने उनीहरुले बताएका छन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects