महानायकको बर्थ डेले साइत जुरायो

महानायक राजेश हमालको जन्मदिनको अवसर पारेर दक्षिण एशियालीस्तरको सिएमसी क्वीज मेनियाको पाचौं संस्करण आज विहिबारबाट प्रारम्भ भएको छ ।

कान्तिपुर टेलिभिजनबाट हरेक विहिवार बेलुका ९ बजे प्रसारण हुने सिएमसी क्वीज मेनिया पाचौं संस्करणसगै दक्षिण एशियास्तरको प्रतियोगितामा परिणत भएको छ । पहिलो संस्करणदेखि नैं महानायक हमालले सिएमसी क्वीज मेनिया संचालन गर्दै आएका छन् ।

यसपटकको प्रतियोगितामा नेपालभित्रका प्रतिस्पर्धीका अतिरिक्त भारत, भुटान, श्रीलंका, पाकिस्तान, मालद्धिप, अफगानिस्तान, बंगलादेशका विद्यार्थीहरु प्रतिस्पर्धामा सहभागी हुदैछन् । सिएमएसी क्वीज मेनियाको पाचौं संस्करण प्रारम्भलाई लक्षित गर्दै महानायकको जन्मदिनको अवसर पारेर चितवनस्थित चितवन मानव सेवा आश्रममा बस्दै आएका ४ दर्जन वृद्धवृद्धालाई भोजन गराइएको छ । सिएमसी क्वीज मेनियाको तर्फबाट ह्यापी बर्थ डे राजेश दाई लेखिएको केक काट्दै महानायक हमालले आफ्नो जन्मदिनको उत्सव ति बृद्धबृद्धाका साथमा मनाएका हुन् ।

महानायक स्वंयले आश्रमका सबै बृद्धबृद्धालाई आफ्नै हातले खाना वितरण गरेका थिए । ‘मागेर पनि खान नसक्ने, सडकमा कष्टकर जीवन विताइरहेका व्यक्तिहरुको सेवाका निम्ती संचालित चितवन मानव सेवामा आश्रित नागरिकहरुबीचमा जन्मदिन मनाउन पाउनुलाई मैले अहोभाग्य ठानेको छु । यो मेरो जीवनकै खुशीको क्षण हो’ महानायक हमालले भनें–‘विभिन्न स्थानमा यसप्रकारका संघसंस्था संचालन हुने हो भनें तिनलाई हामीले सक्दो सहयोग गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।’ यसअघि पनि महानायकले अनाथ एवं सडक वालवालिकाकाहरुका साथमा बर्थ डे मनाउदै आएका थिए ।

यसपटकको सिएमसी क्वीज मेनियामा मुलुकभरका प्रतिस्पर्धीहरुलाई उछिनेर पहिलो स्थान हासिल गर्ने टिमले नेपालको प्रतिनिधित्व गर्दै दक्षिण एसियाका प्रतिस्पर्धीसग आफ्नो क्षमता प्रदर्शन गर्नेछन् ।
चितवन मेडिकल कलेजको मुख्य प्रायोजन, रोयल गोर्खा इन्स्टिच्युट अफ टेक्नोलोजी अष्टेलिया तथा इनोभेटिभ नेपाल एजुकेसन कन्सल्टेन्सीको एसोसिएट स्पोन्सरमा सन्चालन हुने यसप्रतियोगिताको विजेताले नगद पुरस्कारका साथै अन्य थुप्रै पुरस्कार हासिल गर्नेछन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects