युरोकप फाइनलमा नेपाली झण्डा फहरायो

युरोकप फाइनलमा नेपाली झण्डा फहरायो

काठमाडौं–युरोकप २०१६ को फुटबल फाइनल खेल हेर्न स्टेडियममा उपस्थित हजारौँ दर्शकमाझ नेपाली झण्डासहित दुई नेपाली पनि उपस्थित थिए ।

सोमबार बिहान भएको फाइनल खेलमा अमित श्रेष्ठ र राजेन्द्र गुरुङ नेपाली झण्डा फहराउँदै खेल हेर्दै रमाइरहेका थिए ।
फ्रान्स र पोर्चुगलबीचको रोमाञ्चक फाइनल खेल हेर्न हुन्डाई मोटर्सका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलद्वारा आयोजित ‘हेल्लो हुन्डाई ओनर्स’को विजेता भएर उनीहरु फ्रान्स गएका हुन् ।
आयोजक फ्रान्सलाई पराजित गर्दै पोर्चुगल पहिलो पटक युरोपियन च्याम्पियन बनेको छ । पोर्चुगलले कुनै पनि मुख्य प्रतियोगिताको उपाधि जितेको पनि यो पहिलो अवसर हो ।
निर्धारित खेल गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयको खेलमा एडेरले १०९ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई उपाधि दिलाएका थिए ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects