मलेसियामा समेत माछा मार्दै ‘बल्छी धुर्वे’

‘बल्छी धुर्वे’

 काठमाडौं–हालै मलेसियामा सम्पन्न ‘रिमिक्स धमाका ११’ मा मरिचमान श्रेष्ठ ‘बल्छि धुर्वे’ ले दर्शकको मन जित्नुको साथसाथै दर्शकलाई हँसाउन सफल भएका छन् ।

दर्शकको रोजाईंमा परेका हास्यकलाकार श्रेष्ठ स्टेजमा निकै जमेका कलाकारमध्येका एक हुन् । मलेसियामा उनले आफ्ना कला प्रस्तुत गरिरहँदा त्यहाँ दर्शकले स्टेज नै भरिएको थियो ।

नेपालमा होस् या विदेशमा जहाँ गएपनि माछा मार्न नछाड्ने बल्छीले मलेसियामा गएर पनि माछा मारेका थिए । धेरै समयपछि विदेशमा गएर माछा मार्न पाउँदा निकै रमाइलो भएको बताउँदै उनले भने, ‘सफलतापूर्वक कार्यक्रम सम्पन्न भएको र आफूलाई दर्शकले रुचाइदिएकोमा खुसी छु ।’

आधुनिक गीत समेत बजारमा ल्याएका बल्छीले आफ्नो प्रस्तुती देखाउँदा आफू वरीपरीको विषयलाई टिपेर हास्यव्यंग्य शैलीमा आफ्नो प्रस्तुती देखाउने गर्छन् ।

दोस्रो पटक मलेसिया पुगेका बल्छीसँगै नायक जीवन लुइटेल, नायिका वर्षा राउत, रमेशराज भट्टराई र सावित्री जोशी पनि थिए ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects