५ केजी घटिन् केकी, ‘ऐश्वर्या’को लागि हुँदैछ यस्तो तयारी


अमेरिका पुगेर फर्किएपछि नायिका केकी अधिकारी खुबै मोटाएकी थिइन् । केकीले अमेरिकामा वर्गर खाएर आफू मोटाएको प्रतिक्रिया दिएकी थिइन् । नेपाल आएपछि उनको फिगरलाई लिएर मिडियामा आलोचना भयो । यसपछि भने उनी केही गम्भिर देखिइन् ।

यसपछि योगा-व्यायम गर्न थालेकी केकी २ महिनामै आफू ५ केजी घटेको बताउँछिन् । उनको यो तयारी शरीर मेन्टेनका लागि मात्र नभएर चलचित्र ‘ऐश्वर्या’को लागि पनि हो । दिवाकर भट्टराइको निर्देशनमा तयार हुन लागेको यो चलचित्रलाई रमेश उप्रेतीले निर्माण गर्दैछिन् ।
केकी आफूले चिल्लो खान छाडेको बताउँछिन् । साथमा मासु पनि निकै कम खान थालेको र जुम्बा जान थालेको केकीले सुनाइन् । नेपाली चलचित्रको पर्दामा देखिने कलाकारहरुको फिगरमै चर्को आलोचना हुने गरेको पाइन्छ । फिगरका कारण आलोचित हुने कलाकारको सूचीमा केकी पनि पर्छिन् । सायद, अब भने केकी केही गम्भिर भइन् कि ?

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects