वडा नम्बर ६ को नयाँ प्रोमो सार्वजनिक

असोज १ गतेदेखि प्रदर्शन हुने दीपकराज गिरीको चलचित्र
‘वडा नम्बर ६’ को नयाँ प्रोमो आज बिहिबार सार्वजनिक गरिएको छ ।
उज्वल घिमिरेद्वारा निर्देशित यो कमेडी चलचित्रमा दीपकराज गिरी,
दयाहाङ राई, प्रियंका कार्की, जीतु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे,
सन्दीप क्षेत्री आदि कलाकारले अभिनय गरेका छन् । माता सरस्वती मुभिजको
यो दोस्रो चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा
आदि हास्य कलाकारहरुकै लगानी छ ।
चलचित्रको केही हप्ता अघि सार्वजनिक गरिएको ‘सुर्के थैली खै...’ को गीत
यूट्युबमा लोकप्रिय भैरहेको छ । बिहिबार सार्वजनिक गरिएको करिव दुई
मिनेट लामो प्रोमोमा दयाहाङ राई, जीतु नेपाल, सिताराम कट्टेल, केदार
घिमिरे, प्रियंका कार्की, सन्दीप क्षेत्री तथा दीपकराज गिरीको
चरित्रलाई महत्व दिइएको छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects