काठमाडौँ- कलेज जीवनको कथालाई गायिका अन्जु पन्तको आवाजमा
समावेश ‘आफ्नो मान्छे’ बोलको गीतको भिडियोमा प्रस्तुत गरिएको छ ।
सुदिप बरालको छायांकनमा, अर्जुन पोख्रेलले सम्पादन गरेको भिडियोलाई
श्रीधर पौडेलले निर्देशन गरेका छन् । भिडियोमा विमलेश अधिकारी र रचना
लामाले मोडलिङ गरेका छन् ।
विमलेश र रचनाले भिडियोमा कलेज लाइफको जीवनलाई जिएका छन् । दिनेश
थपलियाको शब्द र दिपक शर्माको संगीत रहेको गीतको भिडियोलाई
आकर्षक बनाइएको छ ।
स्वणिर्म इन्टरटेन्मेन्टको प्रस्तुतीमा शुभ मिडिया होमले तयार पारेको
भिडियोलाई गीत अनुसार तयार पारेको निर्देशक
पौडेलले बताए ।
शुभ मिडियाले नै यो गीतको अडियो बजारमा ल्याएको हो ।
मोडल रचना लामाले आधा दर्जन भिडियोमा काम गरेपनि सार्वजनिक भएका
थिएनन् । रचनाले ‘आफ्नो मान्छे’ बोलको गीतको भिडियो आफ्ना लागि
महत्वपूर्ण रहेको बताइन् ।



0 comments:
Post a Comment