दुवईमा ‘तीज उत्सव’ हुने


नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजको अवसर पारेर यो वर्ष
दुवईका मुख्य तीन शहरमा ‘तीज उत्सव’ आयोजना हुने भएको छ ।
दुवईमा रहेका नेपाली महिलाहरुलाई लक्षित गर्दै पहिलो पटक यो कार्यक्रम
आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ ।
सेप्टेम्बर ४ तथा ११ (भदौ १८ तथा २५ गते) आयोजना हुने तीज उत्सवमा नायिका
रेखा थापा विशेष आकर्षणको रुपमा रहने छिन् । उत्सवमा अभिनेता श्याम
अर्याल, कान्तिपुर टेलिभिजनको हास्य श्रृंखला ‘डिठ्ठा साब’ का कलाकार
किशोर भण्डारी तथा रेश्मा तिमिल्सिनाका साथमा गायक पर्शुराम
रिजाल, गायिका मिना अधिकारी सहितको कलाकारको समुहले आ–आफ्नो
प्रस्तुती दिने छन् ।
आयोजक मध्येका एक रतन थापाले तीज उत्सवबाट संकलन भएको रकमको ठूलो
अंश नेपालका अशक्तलाई सहयोग गर्ने बताए ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects