होस्टल रिटन्र्सले १ करोड ४७ लाख कमायो

राजनीतिक दलहरुको बन्द र विरोधका बीच गत शुक्रवार प्रदर्शन भएको सुनिल
रावलको चलचित्र ‘होस्टल रिर्टन्स’ ले उत्साहजनक व्यवसाय गरेको छ ।
बिहिबार दिउँसो सिटी सेन्टरस्थित बिग मुभिजमा आयोजित विशेष प्रदर्शन
समारोहमा चलचित्रका निर्माता रावलले शुक्रवारदेखि बुधवारसम्म (६ दिन)
मा चलचित्रले १ करोड ४६ लाख ६२ हजार ७ सय ६२ रुपैया ग्रस कलेक्सन गरेको
बताएका छन् ।
यसअघि ‘शायद’ तथा ‘होस्टल’ बाट पनि व्यवसायिक सफलताको स्वाद
चाखिसकेका निर्माता रावलले दुर्गिस फिल्म्सबाट निर्माण गरेको ‘‘होस्टल
रिटन्र्स’ मा ईन्जिनियरिङ विषयको अध्ययन गरिरहेका विद्यार्थीहरुको कलेज
तथा होस्टल जीवनलाई आकर्षक शैलीमा चित्रण गरिएको छ । बिहिबार
विशेष समारोहमा सञ्चारकर्मीसंगै चलचित्र हेरेका निर्देशन सुरज भुषालले
चलचित्रलाई युवापुस्ताका दर्शकले अत्यधिक रुचाएको प्रतिक्रिया दिएका
छन् ।
‘आज बिहिबार पनि सिनेमा हलमा राम्रै भिड छ, निर्माता सुनिल रावल
भन्दैथिए—‘भोलि शुक्रवारदेखि देशको राजनीतिक परिस्थितीले केही
सकारात्मक मोड लिन सक्ने सुनेका छौं, त्यसो भयो भने हाम्रो सिनेमाले अझ
बढि सिनेमा हल पाउने छ ।’ रावलले चलचित्रको डिभिडी राईट्स ११ लाख
रुपैयाँमा विक्रि गरिसकेको बताउँदै स्वदेश तथा विदेशको प्रदर्शनबाट साढे दुई
करोड रुपैयाँको व्यवसाय गर्ने अनुमान गरे ।
चलचित्रमार्फत सुशिल श्रेष्ठ तथा शशी श्रेष्ठले नायक तथा नायिकाको रुपमा
डेब्यू गरेका छन् । उनीहरुसहित चलचित्रमा रंगमञ्चको पृष्ठभूमि भएका युवा
कलाकारहरु मुख्य भूमिकामा छन् । दीया मास्के तथा निर्मल शर्मा समेत
प्रभावकारी भूमिकामा रहेको यो चलचित्रमा सुशिल सिटौला, नाजिर हुसैन,
स्वस्तिमा खड्का, अभय बराल आदि कलाकारले पनि आकर्षक भूमिका निर्वाह
गरेका छन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects