काठमाडौं, साउन ३ – मोडलिङ पेसालाई ब्यवसायिक एवं मर्यादित बनाई फेसन
तथा मोडलिङ जगतमा नयाँ आयाम थप्ने उदेश्यले नेक्स्ट मोडलस् नेपालको
आयोजना हुन लागेको सौदर्य प्रतियोगीता ‘मोडल हन्ट नेपाल २०१५’को
प्रशिक्षण सुरु भएको छ । पहिलो चरणको स्पर्धाबाट छानिएका ३३ युवती र ३८
युवाले अहिले अन्तिम प्रतियोगीताको तयारी गरिरहेका छन् ।
प्रशिक्षण तिन कुने स्थित ग्रिन क्याफेमा चलिरहेको छ । अन्तराष्ट्रिय रनवे
,ब्यक्तित्व बिकाश, आर.जे, भि.जे, अन्तराष्ट्रिय फोटोग्राफी एबं फोटो सुट,
संञ्चारकला, स्टेज पफमेन्सलगायत बिषयमा ज्ञान प्रतियोगीले लिइरहेका छन् ।
‘आफुमा भएको प्रतिभा
निखार्दै अगाडी आउन
प्रशिक्षण महत्वपुर्ण रहेको
छ’ सहभागी मध्यका एक
क्रिस राइले भने ‘उपाधित
पछिको कुरा हो पहिले त
यसले आफ्नै प्रतिभाको
बिकाश गर्छ ।’ त्यस्तै
प्रशिक्षणले आफुलाई
कोराबाट अन्ताराष्ट्रिय
स्तरमा प्रतिनित्व गर्न सक्ने
बनाएको सहभागी युवती मध्यकी एक शिवानी मल्ले बताइन् । बिगत एक
सातादेखि चलेको प्रशिक्षणको क्रम कार्यक्रमको अघिल्लो दिनसम्म अर्थात
आगामी २२ गतेसम्म चल्नेछ ।
मोडलिङ पेसालाई थप ब्यवसायिक, एवं मर्यादित बनाई फेसन तथा मोडलिङ
जगतमा नया आयाम थप्ने उदेश्यले नेक्ष्ट मोडलस् नेपालले नेपालमै पहिलो पटक
यो प्रतियोगिता आयोजना गर्न लागेको हो । इन्डिया, श्रीलंका,
पाकिस्तान, बंगलादेशलगायतका देशमा चर्चित र सफल यो प्रतियोगीता
नेपालमा पनि सफल हुने आयोजकको बिश्वास छ ।
नेपाली मुलका
युवायुवतीहरुको प्रतिभा
पहिचान गरी अन्तराष्ट्रिय
स्तरको मोडल बन्ने अवसर
प्रदान गर्न प्रतियोगीता
सुरुवात गरिएको नेक्ष्ट
मोडलस्का अध्यक्ष रवि
धमलाले बताए । युवाहरुको
व्यक्तित्व विकास,
आत्मविश्वास अभिवृद्धी,
क्षमता उजागरलगायत
नेतृत्वदायी क्षमताको विकास गरी अन्तराष्ट्रिय स्तरको मोडल बन्न
कार्यक्रमले सहयोग पुग्ने उनको बिश्वास छ । प्रतियोगीतामा जर्मनी फेसन
डिजाइनर मारिया स्टेलाले युवती र नेपाली फेसन डिजाइनर सन्तोषी श्रेष्ठले
केटाको पहिरन डिजाइन डिजाइन गर्नेछन् ।
शिर्ष सहित आधा दर्जन उप–विधामा प्रतियोगीतामा पुरस्कृत गरिनेछ ।
प्रतियोगीताको बिजेताले शिर्ष उपाधिका साथमा नगद १ लाख रुपैया,
चलचित्रका लागी मुख्य अभिनेता वा अभिनेत्रीको अवसर केही म्युजिक
भिडियो, बिज्ञापन चलचित्र अभिनय अवसरका साथै अन्तराष्ट्रिय
प्रतियोगीतामा भाग लिने अवसर जित्न सक्नेछन् । प्रतियोगीताको
कोरियोग्राफी रोजिन शाक्यको रहेको छ ।



0 comments:
Post a Comment