वाशिंगटन डिसी -अमेरिकाको क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्को
सन जोसमा भएको फेस्टिबल अफ ग्लोबमा नायिका तथा निर्मात्री ऋचा
घिमिरेलाई पशुपतिनाथको यात्रा सिद्राको व्यापार जस्तै भएको छ l
आफुले बनाएको र आफैले अभिनय गरेको तुलशी चलचित्र फेस्टिबल अफ ग्लोबमा
महोत्सवमा प्रदर्शन गरिनुको साथै हलिवुडको रातो गलैचामा हिड्ने मौका
समेत पाएकोमा सौभाग्यशालि भएको बताएकी छिन् l
३ दिन सम्म अहोरात्र महोत्सवमा ब्यस्त भै क्यालिफोर्नियाबाट बाल्टिमोर
फर्किएकी ऋचाले भनिन, ‘हलिवुडमा हुने यस्तो बिशाल कार्यक्रममा नेपाली
कलाकार तथा नेपाली चलचित्रले सहभागी हुन् पाउनु नै गर्वको बिषय हो l’
‘नेपालमा पनि रातो गलैचामा हिड्ने अवसर पाएको थिए तर सनफ्रान्सिस्को
रातो गलैचामा अर्कै मज्जा हुने रहेछ’ भनिन l
ऋचाले सानोमा रातो गलैचामा हिडेको देखेको तर आफु स्वयम्ले अस्कार तथा
ग्रामि विश्व प्रसिद्ध पुरस्कारमा गएको जस्तो अनुभूति गर्न पाउदा ज्यादै हर्ष
लागेको बताईन l
नेपाली कलाकारलाई यो ठुलो प्राप्ति हो भन्दै उनले नेपाली कलाकारको
प्रस्तुति ,सहभागिता तथा सम्मानले ठुलो हौसला मिलेको बताईन l
उनका साथमा नेपाली चलचित्रका नायिका केकी अधिकारी ,नन्दिता केसी
,तथा अन्य कलाकार हरु पनि रातो गलैचामा संगै हिंडेका थिए
कलाकार भएकोले यस्तो ठुलो कार्यक्रममा सहभागी हुन् पाएकोमा आफ्नो
सपना साकार भएको र यसले आफुलाई उत्प्रेरणा गरेको उनले बताईन l
गत अगस्ट ७ देखी १६ सम्म भएको उक्त महोत्सव मा ३० देशका २५० वटा फिल्म
प्रदर्शन गरिएको थियो भने महोत्सव मा हलिउडका तथा बलिउडका प्रख्यात
कलाकारहरुको उपस्थिती रहेको थियो l सो महोत्तसवबाट नेपाली कलाकार
सुनिल थापाले महत्वपूर्ण अवार्डसमेत हात पारेका थिए ।



0 comments:
Post a Comment