कलाकार खोज्दै नाँई नभन्नू ल–४ टिम

काठमाडौं । हिट नेपाली चलचित्र ‘नाईं नभन्नू ल’ शृंखलाको चौथो संस्करणका
लागि निर्माण युनिटले नयाँ कलाकारको खोजी शुरु गरेको छ । निर्देशक विकास
आचार्यले अडिसन कल गर्दै अभिनयमा रुची भएकालाई सम्पर्कका लागि आग्रह
गरेका छन् ।
निर्देशक आचार्यले स्थापित अभिनेताहरुसँग आफूलाई चाहिएको समय उपलब्ध
नभएकाले नयाँ कलाकार लिएर काम गर्न लागेको जानकारी गराए । फिल्मका
मुख्य पात्र कलाकार अनुभव रेग्मीसँग धेरैको समय नमिल्दा नयाँ कलाकार लिएर
काम गर्न लागेको विकासले सुनाए ।
‘अनुभवको विदाको समय सदुपयोग गर्दै सुटिङ गर्नुपर्ने भएकाले स्थापित
अभिनेताहरुसँग समय बाझिन गयो । कथाले पनि नयाँ अभिनेता नै मागिरहेकाले
नयाँमा जाने निर्णय गरेका हौं, निर्देशक विकासले भने ।
१७ देखि २५ वर्षको उमेर समूहका अभिनयमा रुची राख्ने कलाकारको निधो
भइसकेपछि फिल्म भदौको दोस्रो साताबाट सुटिङका लागि फ्लोरमा जाने
तयारीमा छ । फिल्ममा अनुभव र अभिनेत्री प्रियंका कार्कीको पक्का–
पक्की भइसकेको छ ।
दुई वटा सिक्वेल फिल्मको आफै निर्देशन गरेका विकासले आफु शोकमा परेपछि
तेस्रो सिक्वेलको निर्देशक उनका मुख्य सहायक निर्देशक मुस्कान ढकालले
निर्देशनको सबै जिम्मा पाएका थिए । चौथो सिक्वेल भने, विकास आफैले
निर्देशन गर्नेछन् ।
फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन र बसन्त सापकोटाको संगीत रहनेछ ।
राजेश पायल राई, प्रेम परियार, प्रल्हाद तिमल्सिना, इन्दिरा जोशी आदिले
आवाज दिएको फिल्मका गीतको रेकर्डिङ सकिइसकेको छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects