शान्तिश्री परियार, सातो फुक झाँक्री बा...

‘पशुपति दाइसँग काम गर्ने इच्छा धेरै अघि देखिको थियो’ गायिका शान्तीश्री परियारले भनिन्– ‘धेरै अनुरोध गरेपछि मात्र साथमा गाउने मौका पाए ।’ ३ वर्ष अघिदेखि सांगीतिक क्षेत्रमा सक्रिय शान्तिश्रीले यसपटकको पशुपतिको राम्रो तीज गीत पाएकाले आफु दंग भएको बताइन् । सातो फुक झाँक्री बा युट्युबमा करिब ४ लाख पटक हेरिएको छ । रामचन्द्र काफ्लेका साथमा लग्यो–लग्यो नि मन चोरी, मिलन लामासँग गाईलाई दाम्लो बाच्छीलाई फुर्लुङ, कुलेन्द्र विकसँग एकतर्फी मायाले कति पीडा दिन्छ जस्ता हिट गीत गाएकी रोल्पाकी शान्तिश्री ०६४ सालमा काठमाडौं आएर दोहोरी साँझमा आबद्ध भएकी थिइन् । रोल्पा जिल्लास्तरका ४ वटा प्रतिस्पर्धामा प्रथम भएकी शान्तिश्री दाङमा आयोजित राष्ट्रियस्तरको दोहोरी प्रतियोगितामा दोस्रो भएकी थिइन् । घर छ तिनतले गाएर सांगीतिक यात्रा प्रारम्भ गरेकी शान्तिश्री संगीतमै जीवन समर्पित गरेकाले अझै राम्रा गीत गाउने बताउँछिन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects