भाद्र १७, २०७२-
हरेक वर्षको जुलाई महिनामा फिनल्यान्डमा श्रीमती बोकेर दौडने प्रतिस्पर्धा हुन्छ ।
यस्तो प्रतियोगितामा पुरुषले आफ्नी श्रीमतीलाई पाखुरामा बोकेर दौडन्छन् । यो
प्रतियोगितामा सुख्खा जमिन र पानी दुवै ठाउँमा दौडनुपर्छ ।
सबैभन्दा रमाइलो कुरा जित्नेले ती महिलाको तौल बराबरको बियर उपहार प्राप्त गर्छन्
। यसबाहेक विजेतालाई मोबाइल र अन्य उपहारहरू पनि प्रदान गरिन्छ । अहिले
फिनल्यान्डको सिको गर्दै अमेरिका, हङकङ तथा भारतमा पनि यस्तै प्रतियोगिता
आयोजित गर्न थालिएको छ



0 comments:
Post a Comment