हङकङमा सुन्दरीको जमघट


फेसन डिजाइनर रोजिना श्रेष्ठले तयार पारेका पहिरनमा हङकङका स्थानीय मोडलहरूले
क्याटवाक गरेका छन् । करिब दुई घण्टा चलेको शोमा एक दर्जन स्थानीय मोडल सहभागी
थिए । पहिलो चरणमा लेहंगा चोली तथा दोस्रोमा पार्टी वेयर प्रस्तुत गरिएको उक्त
फेसन शोको पहिरन डिजाइनर रोजिनाले करिब एक महिना लगाएर तयार पारेकी हुन् ।
नेपालमा तीनवटा एकल शो गरिसकेकी श्रेष्ठको विदेशमा भने यो पहिलो शो थियो ।
फेसबुक पेजमा आफ्ना डिजाइन देखेर स्थानीय आयोजकले हङकङमा सो गर्न प्रस्ताव गरेको
श्रेष्ठले बताइन् । आफ्नो बुटिकको शाखा हङकङमा पनि खोल्ने योजना छ रोजिनाको ।
आइतबार राति हेनरी जी लियोङ हलमा 'कायरा फेसन शो' मा स्थानीय डिजाइनर
स्यामुयल शाहीका क्याजुयल पहिरनमा समेत मोडलहरूले क्याटवाक गरे । शाहीका छरिता
पहिरन धेरैका रोजाइमा परे । उक्त साँझको 'शो-स्टपर' थिए मोडल/अभिनेता निरज बराल

आयोजकमध्येकी खुसी गुरुङले नेपाली डिजाइनरका पहिरन प्रवर्द्धनसँगै स्थानीय स्तरमा
दक्ष नेपाली मोडल तयार गर्नु कार्यक्रमको उद्देश्य रहेको बताइन् । टिनएजरहरूमा नेपाली
पहिरनप्रतिको लगाव बढ्दो क्रममा रहेको गुरुङको अनुभव छ । दृव्यदृष्टि समूह र तेजिना
लिम्बूको गायन एवं क्रिस्टिना लिम्बू र सोना लावतीको नृत्यले फेसन शोको वातावरण
जमाउन राम्रैसँग सघाएको थियो । उक्त शोमा मोडलहरू सीमा गुरुङ, अनु लिम्बू, सुमी पुन,
अञ्जना पुन, लुना लामा, पुजन राना, रिया गुरुङ, सपना गुरुङ, मीरा पुन, लिना थापा,
रोशनी श्रेष्ठ तथा सोइता गुरुङ सहभागी थिए

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects