'गोपाल धर्मशालामा झडप, कार्यक्रम स्थल जलाइयो'
दैनिक नेपाल २०७२ असोज १२ गते १६:०२
काठमाडौं, १२ असोज । एमाओवादी पार्टी परित्याग गरी मधेस छिरेका
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई जनकपुरबाट लखेटिएको छ ।
मंगलबार जनकपुरको गोपाल धर्मशालामा आयोजित कार्यक्रमलाई
सम्बोधन गर्न विहान ११ बजे जनकपुर विमानस्थलमा उत्रिएका
बाबुरामलाई स्थानीय मधेसी युवाहरुले कार्यक्रम स्थलबाट लखेटेका हुन् ।
जनकपुरस्थित गोपाल धर्मशालामा बाबुरामका लागि तयार गरिएको
मञ्च समेत उनीहरुले जलाएका छन् ।
उनीहरुले बाबुरामलाई कार्यक्रमस्थल पुग्नै नदिएर बाटैबाट लखेटेको
स्थानीय प्रहरीले जनाएको छ । मधेसी युवाहरुले बाबुरामलाई बोलाएको
विरोधमा गोपाल धर्मशालाको मञ्च भत्काएपछि केही बेर झडप समेत
भएको थियो ।
स्थानीय प्रहरीका अनुसार कडा सुरक्षा घेरामा बाहिर निकालेर अहिले
बाबुरामलाई यात्री निवासमा राखिएको छ । रामचन्द्र झा, रामकुमार
शर्मालगायतका नेताहरुलाई धर्मशालाभित्रै थुनिएका छन् । प्रभु
शाहलगायतलाई पनि मधेसी युवाहरुले पनि कार्यक्रमस्थलबाट लखेटेका छन्
। अहिले गोपाल धर्मशालाको स्थिति तनावपूर्ण छ ।




0 comments:
Post a Comment