आयो ‘गोरे’, खुश्वुको यस्तो चमकता



चलचित्र ‘गोरे’को अडियो विमोचन गरिएको छ । कार्यक्रममा गीतसंगीतको बारेमा संगीतकार विकास चौधरी र गीतकार शंकर अधिकारीले जानकारी गराएका थिए । निर्देशक रामेश कुमार राइले चलचित्रको बारेमा जानकारी गराए ।
सूर्य जीसीको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा दिलिप रायमाझी, अनु शाह, राकेश कुमार राई, अभिषेक गिरी, विमला गिरी, सुरविर पण्डित, माधव पण्डितको मुख्य भूमिका छ । विशेष भूमिकामा देखिएकी नायिका खुश्वु खड्काको कार्यक्रममा विशेष चमकता देखियो । चलचित्रमा हरिनारायण चौधरीको छायांकन, प्रदिप खड्काको एक्सन छ ।
चलचित्रका गीतमा नित्या शिवा , ऐनी श्रेष्ठ , जुना प्रसाइ , रन्जित कुमार सहनी , डेबिड शंकर र बिकाश चौधरीको आवाज सुन्न सकिने छ । चलचित्रको रिलिज मिति भने तय गरिएको छैन ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects