- डा. बालकृष्ण साह
म १६ वर्षकी छात्रा हुँ । मेरा सबै साथीको महिनावारी सुरु भएको १–२
वर्ष भैसक्यो, तर मेरो महिनावारी अहिलेसम्म सुरु भएको छैन । अहिले
मलाई अन्य कुनै समस्या छैन, तर महिनावारी सुरु नभएपछि भोलि गएर
सन्तान नहुने पो हो कि चिन्ता लागिरहन्छ । ममा कुनै नराम्रो समस्या त
छैन ?
ओ.
सामान्यत: १३–१५ वर्षको उमेर सम्ममा हरेक किशोरीमा महिनावारी सुरु
हुन्छ, तर यो उमेर सम्ममा सुरु हुनैपर्छ भन्ने छैन । त्यसैले महिनावारी सुरु भएन
भनेर आत्तिहाल्नु हुँदैन । महिनावारी नहुने यो समस्यालाई प्राइमेरी
एमोनेरिया भनिन्छ । समयमा महिनावारी सुरु नहुने धेरै कारण छन् ।
महिनावारी गराउने तथा सन्तुलन कायम राख्ने संरचना (हाईपोथालामो–
पिट्युटरी–ओभरिएन एक्सिस) मा आएको सामान्य गडबडीले पनि
महिनावारी रोक्न सक्छ । कसै–कसैमा क्रोमोजोमको खराबी, पाठेघर
वा योनिमार्गको बनोट तथा विकासमा उत्पन्न अवरोधले पनि
महिनावारी नभएको हुन सक्छ । कुन कारणले गर्दा महिनावारी नभएको
हो पत्ता लगाउनुपर्छ । महिनावारी नहुने सबै महिलाले सन्तान पाउन
सक्छन् भन्न सकिँदैन, तर कारण पत्ता लगाएर उपचार गरेको खण्डमा धेरैले
सन्तान प्राप्त गर्न सक्छन् ।



0 comments:
Post a Comment