पोखराको वातावरण फेसनमय भयो । साता दिन नबित्दै फेरि अर्को फेसन
शो ग्रान्ड फेसनले पोखरालाई ततायो । अघिल्लो साता चर्चित
सेलिब्रेटीहरूले क्याटवाक गरेलगत्तै यसपटक पनि इभ एन्ड इभ इभेन्ट
म्यानेजमेन्टले काठमाडौंबाट सेलिब्रेटी झिकाएर फेसन शो सम्पन्न गर्यो ।
पाँचतारे होटल पोखरा ग्रान्डमा आयोजित शोमा यसपटक नेपाली
चलचित्रका सुपरिचित अभिनेत्रीहरू देखिए । करिश्मा मानन्धरदेखि
नन्दिता केसीसम्म फेसन शोका आकर्षण रहे ।
आकर्षक साडीमा क्याटवाक गर्दै मञ्चमा देखा परेकी अभिनेत्री
करिश्मा मानन्धर निकै खुलेकी थिइन् । त्यसैगरी २०१२ की मिस नेपाल
सृष्टि श्रेष्ठदेखि मिस इन्टरनेसनल-२०१२ की शुभेच्छा खड्का हुँदै मिस
पोखरा-२०१३ की रश्मि अधिकारीसम्मले फेसन शोमा रौनक थपे । जाडो
मौसमका पहिरनमा केन्दि्रत फेसन शोमा नयाँ-नयाँ स्टाइलका पहिरनहरू
प्रदर्शन गरिएका थिए । उक्त फेसन शोमा सेलिब्रेटीहरूसँगै धरान,
काठमाडांै तथा पोखराका १६ जना मोडल र्याम्पमा उत्रिएका थिए ।
कार्यक्रममा बक्सर कलाकार निशान्त गौचन तथा विश्व नेपालीको
प्रस्तुति पनि आकर्षक रह्यो ।



0 comments:
Post a Comment