मेकअप आउदैन


भाद्र १४, २०७२-
हलिउड अभिनेत्री नाओमी वाट्सले आफुलाई मेकअप गर्न नआउने बताएकि छिन् ।
फुर्सदको समयमा उनी मेकअप नगरी बस्छिन् । मेकअप नगरेको बारे जिज्ञासा राख्दा उनले
आफुलाई मेकअप गर्न नआउने बताइन् । ‘सामान्य दिनचर्याको क्रममा म एकदमै कम मेकअप
गर्छु’ एक म्यागेजिनसँगको अन्र्तवार्तामा नाओमीले बताइन्–‘खासमा भन्ने हो भनें मलाई
मेकअप गर्न नै आउदैंन ।’ कामको क्रममा कहिले १०–१० घन्टा हेभी मेकअपमा बस्नुपर्ने उनको
भनाई थियो । त्यसले पनि उनलाई मेकअपप्रति रुचि घटाएको थियो । पछिल्लो समयमा
आफु नृत्य गर्ने मामिलामा पनि उत्तिकै कमजोर रहेको नाओमीको भनाई थियो ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects