चन्द्रा कार्की, सलल राम्चेको पहिरो झलल बेनीको बजार...

पशुपति शर्मासँग गीत गाउने धोको पूरा भएको छ, गायिका चन्द्रा कार्कीको । पोखरा बसेर संगीतकर्ममा सक्रिय चन्द्राले पशुपतिसँगको सहकार्यका कारण राम्चेको पहिरोमा आधारित समसामयिक गीत गाउन पाएको बताइन् । ४ वर्ष अघिको तीजमा राजन कार्कीसँग नाच माया छम छम गाएर संगीत क्षेत्रमा प्रवेश गरेकी चन्द्राले अर्को वर्ष सरला पान्डेका साथमा लाइन्छ मज्जाले र माइतीमा जम्मा शीर्षकका गीत गाएको उल्लेख गरिन् । पशुपति शर्माको शब्द एवं लयमा हालै पानी मुनी–मुनी शीर्षकको गीत आफू तथा चोलेन्द्र पौडेलले पनि गाएको चन्द्राको भनाइ छ । श्रीष देवकोटासँग माया लगाउन मिल्छ र रोइला गीत गाएकी चन्द्राले इन्द्र जिसीसँग कलेजबाट हिडियो दोहोरी गीत गाएकी छिन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects