सारिका घिमिरे, नायिका


कसरी बन्नुभयो नायिका ?
खै, सुहाउने भएर होला । एउटा टेलिश्रृंखला 'खुला किताब'मा काम गरेकी थिएँ । त्यसपछि
निर्देशक राजु गिरीले चलचित्र 'रक्षा'मा पहिलो पटक मलाई मौका दिनुभयो ।
अहिले त थुप्रै चलचित्रमा नायिका भैसक्नुभयो होइन ?
'आगो टु', 'रक्तभोग', 'रामकुमारी', 'स्टुडेन्ट' आदिमा नायिकाका रूपमा काम
गरिसकेकी छु ।
कुन?कुन रिलिज भयो त ?
एउटा पनि रिलिज भएको छैन ।
बनेका चलचित्र रिलिज नहुँदै कसरी यति व्यस्त हुनुभयो ?
मेरो काम मन परेर पो हो कि ?
यीमध्ये 'आगो टु’को चर्चा बढी छ होइन ?
हो, प्रदर्शन हुनै लागेकाले यसको प्रचार पनि बढी छ । यो चलचित्रबाट मलाई आशा पनि
बढी छ ।
नायिका हुनलाई त 'कास्टिङ काउच’को बाटो अपनाउनुपर्छ रे नि ?
कास्टिङ काउच त परको कुरा हो, फ्लटिङ गर्ने समेत मेरो संगतमा छैनन् । आफ्नो हद नाघ्नु
हुँदैन, कसैले नराम्रो नजर लगाउन सक्दैनन् ।
प्रेमको प्रस्ताव त आए होलान् नि ?
ओहो, कति हो कति † नायिकालाई मात्र होइन, प्रायः सबै युवतीलाई यस्ता प्रस्ताव
आइरहन्छन् ।
प्रस्ताव गर्नेमध्ये कोही मनपर्यो होला नि ?
धेरै पहिले एकजना मन त परेको थियो, तर कुरै अघि नबढी टुंगियो ।
अब कोही मनपर्यो भने ?
त्यो त कसले भन्न सक्छ र ? मन पर्यो भने अब चै विचार गर्नुपर्ला ।
विवाह कोसँग होला, आफैंले रोजेको कि घरले खोजेको ?
पाएसम्म आफैंले रोजेको, नत्र घरले खोजेको ।
कुन सेलिब्रेलाई किस गर्न पाए नि हुन्थ्यो जस्तो लाग्छ ?
ट्वीलाइट सागाका नायक रोबर्ट एटिन्सनलाई ।
सेक्सी लाग्ने तीन स्वदेशी सेलिब्रेटी पुरुष ?
निमा रुम्बा, सुरजसिंह ठकुरी र सौगात मल्ल ।
मन नपर्ने एक सेलिब्रेटी ?
इमरान हासमी ।
कुनै चलचित्रमा अधरपान गर्नुपर्ने दृश्य छ भने ?
एउटा चलचित्रबाट त्यस्तै प्रस्ताव आएको थियो, जसमा काम गरिनँ ।
एक्सपोज हुने प्रस्ताव आयो भने नि ?
मेरो घरपरिवारले स्वीकार गर्न सक्नेसम्म मात्र गर्छु नायिका नभएको भए ?
गायिका हुन्थे ।
नजिकका साथीले समेत थाहा नपाएको तपाईंको एउटा कुरा ?
रुनु पर्दा कोठा थुनेर सिरकभित्र टाउको लुकाएर रुन्छु ।
सबैभन्दा गाह्रो अभिनय ?
चिच्याएर रुन ।
पर्दामा कुन नायकसँग रोमान्टिक दृश्य गर्ने मन छ ?
अनमोल केसी ।
सबैभन्दा डर केसँग लाग्छ ?

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects