भाद्र २३, २०७२-
पछिल्लो समय चर्चामा रहेको चलचित्र ‘रेशम फिलिली’का नायक विनय श्रेष्ठ विवाह बन्धनमा बाँधिने भएका छन् । बुधवार पारिवारिक समारोहबीच उनले आफ्नी प्रेमिका एनी थापासंग इन्गेज्मेन्ट गरेका छन् ।
सानो संसार, भिसा गर्ललगायत आधा दर्जनभन्दा बढि चलचित्रका नायक विनयले ब्युटि थेरापिस्ट एनीसंगको प्रेम सम्बन्धलाई लुकाउँदै आएका थिए । ‘रेशम फिलिली’का एक निर्माता समेत रहेका विनयले इन्गेज्मेन्ट हुनुभन्दा केही दिनअघि मात्र प्रेमिका सार्वजनिक गरेका हुन् । उनको चलचित्र ‘रेशम फिलिली’ हाल दोश्रो हप्तामा सफलताका साथ प्रदर्शन भैरहेको छ । विनय र एनीलाई शुभकामना ।



0 comments:
Post a Comment