४ वर्षदेखि तीज गीत गाइरहेकी सुनितामी परियारले यो वर्षको तीज गीतमा पशुपति शर्मासँग गीत गाउने इच्छा राखिन् । मेरा बूढाको के मिलेन के ? शीर्षकमा उनीहरूले गाएको गीतलाई दर्शकले निकै रुचाएका छन् । सुनितामीको आफ्नै कम्पनी सरगम संगीतबाट बजारमा आएको यो गीतको म्युजिक भिडियो करिब ३ लाख पटक हेरिएको छ । ‘पशुपति दाइसँग गीत गाउन पाउँदा एकदमै खुसी छु’ सुनितामीले भनिन्–‘पशुपति दाईका सिर्जना मौलिकतामा आधारित हुने भएकाले व्यावहारिक जनजिवनमा ती सिर्जना लोकप्रिय हुन्छन् ।’ यसभन्दा अघि गायक रमेशराज भट्टराईसँग म त तिम्रै नाममात्रै लिएर सपनामै बोलाउन थाल्छु तीज गीत गाएकी सुनितामीले पहिलो पटक २०६८ सालमा ५ वटा तीज गीतको संग्रह माइतीको माया सार्वजनिक गरेकी थिइन् । रामजी खाँडका साथमा उनले लोकदोहोरी गीत इतिहासको पानामा नाम लेख्न पाउ गाएकी थिइन् । शास्त्रीय संगीतकी विद्यार्थी सुनितामी भन्छिन्–‘नेपाली संगीतमा अमर हुने गरी काम गर्ने मन छ ।’



0 comments:
Post a Comment