आश्विन ९, २०७२-
राजबल्लभ कोइराला, नायक
अमेरिका पलायन हुनुभएको थियो, अहिले किन नेपाल फर्कनुभएको ?
पहिलो कुरा म पलायन भएको होइन । म नेपाल र अमेरिकामा छायांकन भएको अमेरिकी चलचित्र ‘हाइवे टु धम्पुस’को छायांकनका क्रममा अमेरिका गएको थिएँ । अहिले त्यही चलचित्रको नेपाल प्रिमियर तथा प्रदर्शनका लागि काठमाडौं आएको हुँ ।
अमेरिका नै बसेपछि पलायन भन्न पाइन्न त ?
पलायन होइन, नेपालबाट टाढा भएको चाहिँ पक्कै हो । मेरो भाइ अमेरिकी सेनामा छ भने बहिनी पनि उतै छिन् । चलचित्रमा काम गर्ने बहानामा म केही समय उनीहरूसँगै बसेँ । नेपाल आउने जाने त गरि नै रहेको छु ।
अमेरिकामा काम गर्दै हुनुहुन्छ हैन ?
मैले पढेको चलचित्र हो र जानेको पनि चलचित्र नै । त्यसैले चलचित्रप्रति मेरो लगाव सबैभन्दा धेरै छ । यद्यपि अहिले म बाल्टिमोरको एउटा कम्पनीमा आइटी सफ्टवेयर डेभलपरको काम गरिरहेको छु ।
यता यति धेरै नाम हुँदाहुँदै कलाकारहरू किन अमेरिकामा काम गरेर बस्न चाहेका होलान् ?
एक्लो जीवन हो भने नाम र त्योसँगै आउने केही दामले जीवन चल्छ, तर जब परिवारको जिम्मेबारी काँधमा आउँछ त्यतिबेला नामले केही गर्दैन, दाम नै चाहिन्छ त्यो पनि धेरै ।
त्यही भएर सबै कलाकार अमेरिका भासिएका हुन त ?
बहाना जे सुकै गरे पनि सबै आर्थिक सुरक्षाका लागि बिदेसिएका हुन् । यसपटक अमेरिकाले नाम कहलिएका विदेशी मुलुकका व्यक्तिहरूलाई ‘एक्ट्रा अर्डिनरी प्रिभिलेज’ दिँदै ग्रीनकार्ड उपलब्ध गराउने व्यवस्था मिलायो जसको फाइदा सबैले उठाएका छन् ।
प्रसंग बदलौं, विवाह भयो ?
छैन नि । घरबाट पनि दबाब आइरहेको छ । गर्न त गर्ने तर कोसँग ?
किन प्रेमिका छैनन् ?
कसैले मलाई मनपराए, तर मलाई उनी मन परिनन् । कसैलाई मैले मनपराएँ, उनले मलाई मनपराइनन् । फेरि ऊ सँगै जीवन बिताउने किसिमको प्रेममा पर्न चाहेका बेला वातावरण मेरो पक्षमा भएन ।
राजबल्लभ अहिलेसम्म प्रेममा परेका छैनन् भन्दा कसले पत्याउने ?
सर्टटर्म रिलेसन भयो होला, सिरियस रिलेसनमा परेको छैन ।
‘फिजिकल र बाइलोजिकल निडस’ भन्ने हुँदैन ?
म आध्यात्मिक प्रवृत्तिको छु । त्यसैले आफ्नो मनलाई नियन्त्रण गर्न सक्छु ।
त्यसो भए राजबल्लभ चोखो छन् भन्नु पर्यो, हैन त ?
फिजिकल रूपमा कोही चोखो वा जुठो हुँदैन । अप्राकृतिक कार्य होइन, प्राकृतिक रूपमा स्वीकार्य काम गर्दा कोही जुठो हुँदैन । त्यसैले म पनि चोखो नै छु र सधैं रहिरहन्छु
म पलायन भएको होइन
Subscribe to:
Post Comments (Atom)
६० बर्ष अघिको पुरानो पैसा
निलम ढुङ्गाना
दुई शब्दले बनेको आमा शब्द महान छ !!!
निलम ढुंगाना
स्टार्स अन द रेड कार्पेट
Friday, 25 December 2015 स्टार्स अन द रेड कार्पेट क्रिसमस इभको अवसर पारेर बिहिबार राती काठमाडौंमा फेसन शोसहितको रमाइलो कार्यक्रम आयोजना गरिएको छ । क्रिसमसको खुशीयाली साटासाट गर्ने उदेश्यले र्याडिसनमा आयोजना गरिएको ‘स्टार्स अन द रेड कार्पेट’ शीर्षकको कार्यक्रम सांगीतिक समुह समक्षको लाइभ इन्ष्ट्रूमेन्टबाट प्रारम्भ भएको थियो । राती ८ बजेपछि प्रारम्भ भएको कार्यक्रममा चलचित्र ‘बागमती’ की नायिका श्रीया कार्कीसहितका मोडलहरु क्याटवाक गरे । कार्यक्रममा चलचित्रका नायिका केकी अधिकारी सहभागि भएपनि उनले क्याटवाक गरिनन् । । राइज म्युजिकका विनोद सिंहले संयोजन गरेको यो कार्यक्रमका लागि मोडलहरुलाई कोरियोग्राफर सपना अधिकारीले क्याटवाक प्रशिक्षण दिएकी थिइन् । फेसन शोमा विभिनन पाँच वटा सिक्वेन्समा फेशन शोमा औरा बुटिक, आइकोनिक बुटिक आदिले तयार पारेका पहिरनहरु प्रदर्शन गरेका थिए । कार्यक्रममा सुगम पोखरेल, कमल खत्री, सुमन श्रेष्ठ, कीर्ति नेपाली, क्रिस रासल आदिले लोकप्रिय गीत–संगीत प्रस्तुत गरेर कायृक्रमलाई संगीतमय बनाएका थिए ।
यस्ती छिन् सन् २०१५ की मिस वल्र्ड बनेकी स्पेनेस सुन्दरी (फोटोफचर)
सान्या – विश्वविद्यालयबाट स्नातक गरेकी स्पेनिस सुन्दरी सन् २०१५ को मिस वल्र्डको उपाधि जित्न सफल बनेकी छिन् । बार्सिलोनाकी मिरेइया लालागुना रोयोले १ सय १३ प्रतियोगीहरुलाई पछि पार्दै मिस वल्र्डको ताजमा आफ्नो कब्जा जमाउन सफल रहिन् । चीनको सान्या थिएटरमा भएको प्रतियोगितामा रसियाकी २२ वर्षीया सुन्दरी सोफिया निकिटचुक फस्ट रनर अप बनिन् भने इन्डोनेसियाकी २३ वर्षीया मारिया हारफन्तीले तेस्रो स्थान हासिल गरिन् । टप फाइभमा मिस जमाइका र मिस लेबनान परिन् ।
सन् २०१५ मा इन्स्टाग्राममा सबैभन्दा चर्चित फोटो
(एजेन्सी)१९ वर्षिया मोडल केन्डल जेन्नर सन् २०१५ मा इन्स्टाग्राममा सबैभन्दा धेरै लाईक पाउने व्यक्ति बनेकी छिन् । आफ्ना कपाल मुटुको आकार बनाएर छरेर भुइँमा लडिरहेका उनको फोटोले गत मेइदेखी अहिलेसम्म ३ दशलमव २ मिलियन लाइक पायो ।
साप्ताहिक
®गुणस्तरको पहिचान
™
📲
🎁
Fashion
NAMASTE
Chase
Popular Posts
-
आश्विन ८, २०७२- अहिले हाम्रो राजधानी रहेको काठमाडौं इतिहासमा कतिपटक आबाद भएर कतिपटक उजाडियो त्यसको कुनै लेखाजोखा छैन । काठमाडौंलाई बर्बा...
-
In a beauty contest held in Pokhara, Binita Gurung was crowned the Miss Diva Pokhara 2015. The contest among 19 contestants was held o...
-
मध्यपुर्वमा पर्ने कुवेत रोजगारीका लागि उपयुक्त गन्तव्य मानिन्छ । सुरक्षा र कमाइका हिसाबले अन्य मुलुकभन्दा कुवेत राम्रो भएको त्यहाँ बस्ने नेप...
-
चर्चित हाँस्य कलाकार कुञ्जना घिमिरेलाई तपाइले विभिन्न रुपमा देख्नु भएको छ । तर, संभवत क्यूट मोडल भएर नृत्य गर्दै गरेको देख्नु भएको छैन होला ...
-
यस बर्षको ‘मिस ई कलेज सिजन ६’ को उपाधि आइन्टाइन कलेजमा व्याचलर प्रथम वर्षमा अध्ययनरत १८ बर्षकी नीतिका कर्माचार्यले ले जितेकी छिन् । काठमाण्ड...
-
दियालाई लिटिल एन्जल उपाधि १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै रूपन्देहीकी दिया पुनले प्रथम लिटिल एन्जल्स प्रतियोगिताको उपाधि जितेकी छिन् । फ...
-
Barsha Raut is pre-debuting actress from the upcoming film Love birds . After ruling the music video in her successful 2 year modelling , ...
-
पौष महिना फासफुसको महिना भनिन्छ । कतिबेला यो महिना सुरु हुन्छ र कतिबेला सकिन्छ भन्ने पत्तै हुँदैन । पौष महिना सकिएर आजबाट माघ लागेको छ । तर...
-
दोस्रो दक्षिण एसियाली महासंघीय खेलकुदमा नेपालको प्रदर्शन अपेक्षाकृत राम्रो रहेन । नेपाल एकमात्र स्वर्ण पदकमा सीमित रह्यो । प्रतियोगिता अन्त्...
-
नेपाललाई प्राकृतिक, साँस्कृतिक, जैविक, भौगोलिक विविधताका अनेकन् अद्धितिय पक्षहरुले विशिष्ट बनाएको छ। यी विविधतालाई फेसन डिजाइनरक...
Labels
नेपाली पत्रीका
नेपाली पत्रीका ( समाचार )




0 comments:
Post a Comment