नेपाली चलचित्रका नायक रेश महरठ्ठालाई सिंगापुरमा सम्मान गरिएको
छ । ‘एशिया युथ आइकन अफ दि इयर’बाट उनलाई सम्मान गरिएको हो ।
सिंगापुरको अर्किड कन्ट्री क्लबले आयोजना गरेको कार्यक्रममा
इन्डोनेशियाको मेदान राज्यका राजाले रेशलाई सम्मान गरेका हुन् ।
रेश नेपाल, भारत, सिंगापुर, थाइल्याण्ड, इन्डोनेशिया, हङकङ, जापान
लगायतका देशका प्रतिस्पर्धीविचबाट छानिएका हुन् । उनलाई
इन्डोनेशियाको मेदान राज्यका राजाले आफ्नो देश भ्रमण गर्न पनि
निम्तो गरेका छन् । नेपाली चलचित्र क्षेत्रमा रेश निर्माता र नायकको
रुपमा अगाडि बढेका छन् ।
रेशले यो सम्मानले आफूलाई झनै कामप्रति प्रोत्साहित गरेको भन्दै
जन्मभूमी नेपाल र कर्मभूमी अमेरिकालाई संझना गरेको बताए ।



0 comments:
Post a Comment