मैले कुनै अपराध गरेकी होइन- सुनिता पनेरु, अर्चनाकी आमा


तपाईंले छोरीको न्युड फोटोसुट गरिदिनुभएको कुरा सुनिन्छ, सत्य के हो ?
सत्य त्यही हो, जे तपाईंले सुन्नुभएको छ । मेरी छोरीको न्युड फोटोसुट मैले
नै गरिदिएकी हुँ ।
किन नि ? यो गलत काम भएन ?कसरी गलत काम भयो ? मैले चोर्न, ढाँट्न
वा मार्न सिकाएकी होइन । अरूको हत्या गर्नु पो गलत काम हो । आफ्नो
स्वेच्छाले कसैलाई हानि–नगरी गरेको काम कसरी गलत हुन्छ ?
तर, नेपाली समाजले त यस्तो पचाउँदैन नि ?
हाम्रो समाजको कुरा नगर्नुहोस्, दुनियाँले के भन्छ भन्ने कुरामा मेरो
चासो छैन ।
के छोरीलाई पोर्नस्टार नै बनाउने हो त ?
शतप्रतिशत, यसमा कुनै शंका नगरे हुन्छ । म मेरी छोरीको इच्छा जसरी पनि
पूरा गरेरै छाड्छु ।
किन यस्तो निर्णय लिनुभएको ?
उसले जीवनभर विवाह गर्दिनँ भनेकी छे । उसको रुचि पोर्नस्टार बन्ने छ ।
मेरो आँखाले हेर्दा यो नराम्रो कामजस्तो पनि लागेन । त्यसैले मैले उसलाई
स्वीकृति दिएँ ।
उनको नग्न तस्बिर तपाईंले नै खिच्नुभएको हो ?
हो, मैले नै घरमा फोटोसुट गरिदिएकी हुँ । यसअघि पनि म उसलाई सर्ट
ड्रेसमा हिँडाउँथे ।
अर्चनाले तपाईंको करकापमा त यो सबै काम गरेकी होइनन् ?
मेरो करकापले कसरी ऊ त्यस्तो काम गर्न तयार हुन्छे ? यो उसको आफ्नै
रहर हो । उसमा सनी लियोनीजस्तै बन्ने सपना छ ।
छोरीको निर्णयप्रति तपाईंलाई कुनै अफसोच छैन ?
बिलकुल छैन । पहिले स्कुलमा हुँदा पनि मैले उसलाई सर्ट ड्रेसमा नाच्न
पठाएकी थिएँ । उसले स्कुलमा सर्ट ड्रेसमा डान्स गरेको देखेर कतिपयले
नराम्रो माने । छोरी नाइन क्लासमा भएकै बेला प्रिन्सिपलले घर जाऊ
भनेर पठाइदिए । मैले प्रिन्सिपललाई भने, मेरी छोरीको पढाइमा डिस्टर्ब
नगर्नुहोस् ।
तर, अहिले त उनले पढ्न पनि पाएकी छैनन् नि ?
स्कुलका केही स्टाफले यस्तो काम गरिरहेका छन् र उनीहरूकै दबाबमा मेरी
छोरीलाई रेस्टिकेट गरियो । मेरी छोरीले पढ्न पाइनन् । उसमा धेरै पढ्ने रहर
थियो । एसएलसी दिएर फेसन डिजाइनिङ र एयरहोस्टेजको कोर्स गर्ने
चाहना थियो ।
छोरीको नग्न तस्बिर इन्टरनेटमा भाइरल भएको छ, यसले तपाईंलाई केही
असर गरेको छैन ?
यसमा जे–जस्तो च्यालेन्ज आउनुपर्ने हो, म त्यो सहन तयार छु । त्यसैले मलाई
यस्ता कुराले खासै असर गर्दैन ।
यसले समाजमा उच्छृंखलता ल्याउँछ भन्नेहरू थुप्रै छन् नि ?
हाम्रो समाज कस्तो छ भन्ने कुरा सबैलाई थाहा छ । यदि कसैलाई उसको
नेकेड तस्बिरले असर गर्छ भने त्यही कुरा किन हेर्नुपर्यो ?
यसमा तपार्इंको परिवारको त विरोध होला नि ?
मेरा दुई सन्तान र मबाहेक मेरा कुनै परिवार, आफन्त छैनन् । यी दुई
सन्तानलाई म छुट्टै आश्रम बनाएर भए पनि हुर्काउँछु ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects