व्यस्त हुन थालिन् कंगना


भाद्र १४, २०७२-
राम्रा दिन आएपछि कंगना रनावत यति बेला दंग छिन् । नहुन पनि कसरी बलिउडका एक से
एक भनिएका बालाहरुलाई उछिन्दै उनी अग्रपंक्तिमा पुगेकि छिन् ।
हालै एक चलचित्रका निम्ती ११ करोड भारतिय रुपैयाँमा अनुबन्ध भएपछि उनको चर्चा झन्
चुलिएको थियो । कंगना अभिनित चलचित्र ‘कट्टिबट्टि’ १७ सेप्टेम्बरमा सार्वजनिक हुँदैछ,
जुन चलचित्रको प्रोमोसनका लागि कंगनालाई अघि सार्नुको कारण पनि उनको
लोकप्रियताले गर्दा हो । यो चलचित्र प्रदर्शन भएलगत्तै कंगना विशाल भारद्धाजको
रंगुनको छायाकंनमा सक्रिय रहनेछिन् ।
सुत्रका अनुसार हंसल मेहताको सिमरन, केतन मेहताको रानी लक्ष्मीबाई, एक अनाम इन्डो
फ्रेन्च फिल्म, अर्को चलचित्र मिस्टर चालु र कोरियोग्राफर बोस्कोको नाम निर्धारण
नभएको ५ चलचित्रका निम्ती उनी अनुबन्ध भइसकेकि छिन् । तर रंगुन बाहेक अन्य
चलचित्रको बारेमा आधिकारिक घोषणा भएको छैन् । ‘रंगुनको कथावस्तु एकदमै उत्कृष्ट छ,
यसको छायाकंन अक्टुबरबाट सुरु हुनेछ’ कंगनाले भनिन्–‘म एक समयमा एउटामात्र चलचित्र
गर्छु, रंगुनको छायाकंन फ्रेब्रुअरीमा मात्र सकिनेछ, त्यसपछि अन्य चलचित्रमा काम गर्नेछु
।’ चारवटा चलचित्र पाइपलाइनमा रहेको उनले स्वीकारिन् । कंगनाका अनुसार अब
बलिउडका अभिनेत्रीहरुले आफ्नो शुल्क निर्धारण गर्ने समय आएको छ, त्यसैले अब यसबारेमा
अन्य नायिकाले पनि सोच्नुपर्नेछ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects