हरेक कम्पनीहरुको आफ्नै चलन तथा संस्कार हुन्छ र त्यस्तो संस्कारमा
भाषा सबैभन्दा महत्वपूर्ण रहन्छ । यदि तपाइँ अमेरिकाको मेन्लो
पार्कस्थित फेसबुक कार्यालयमा पुग्नुभयो भने त्यहाँ त्यस्तै पाउनुहुनेछ ।
फेसबुकका कर्मचारीहरुले एक आपसमा कुराकानी गर्दा पर्पल टाइ, तथा
इपिक जस्ता शव्दहरु उच्चारण गरेभने त्यसलाई वैजनी रंगको टाइ वा निकै
उत्कृष्ट भन्ने अर्थमा नबुझ्नुहोला । किनकी फेसबुकको कार्यालयमा
यस्ता धेरै कोड शव्दहरु प्रयोग हुन्छन् जसको आफ्नै भिन्न अर्थ छ ।
त्यसमध्ये केही कोड शव्दहरु यस्ता छन् :
“T.N.R. 250”
यसको पूर्ण रुप हो The Nouveau Riche 250 । फेसबुक कम्पनी सार्वजनिक
कम्पनी भएर आइपिओ अर्थात् शेयर जारी गरेपछि लखपति बनेका
फेसबुकका सुरुका अढाइसय कर्मचारीलाई यो कोड शव्दले जनाउँछ ।
Bootcamp
फेसबुकमा जागिर खान जाने हरेक नयाँ रिकुटे इन्जिनियरहरुलाई सुरुको ६
हप्तासम्म दिइने परिचयात्मक तालीम हो यो । यो तालीम पास गरेपछि
यी नयाँ जागिरेहरुले आफ्नो टिम छान्दछन् ।
Aceversary
कुनै कर्मचारीले फेसबुकमा कति लामो समयसम्म काम गर्यो भन्ने विषयमा
फेसबुकमा वर्षेनी एक समारोहको आयोजना गरिन्छ, भव्यरुपमा । फेसबुकले
यो अवसरमा विशेष बेलुन पनि बेच्ने गर्दछ । साथै एक अर्कालाई फेसबुक
पेजमा बधाइ समेत दिइन्छ ।
Game day
यो फेसबुकले आफ्ना कर्मचारीहरुबीच गर्ने वाषिर्क प्रतियोगिता हो ।
यसलाई पूरानो फिल्ड दिवसको नयाँ रुप पनि भनिन्छ । हरेक वर्षाऋतुको
यस दिनमा फेसबुकका कर्मचारीहरु विभिन्न टोलीमा विभक्त हुन्छन्,
चम्किला कपडा लगाउँछन् र स्थानीय पार्कमा भेला भएर विभिन्न
प्रतियोगितामा सहभागी हुन्छन् ।
Epic
फेसबुक मुख्यालयस्थित मुख्य क्याफेटेरियालाई यो नामले बुझिन्छ ।
Livin’ the Dream
यो कुनै नारा होइन । फेसबुक मुख्यालयस्थित अर्को एक क्याफेको नाम हो
। मोटरसाइकल दुर्घटनामा निधन भएका आफ्नो पहिलो भान्से जोसेफ
डेसिमोनको सम्झनामा क्याफेको नाम लिभिन दी ड्रिम राखिएको हो
।
Little Red Book
यो फेसबुकका हरेक कर्मचारीलाई दिइने सानो रातो रंगको डायरी हो ।
आफ्ना प्रयोगकर्ताको संख्या एक अर्ब नाघेको दिन सन् २०१२ मा
फेसबुकले आफ्ना कर्मचारीलाई यो रातो पुस्तिका दिएको थियो । यो
पुस्तिकामा फेसबुकका मिसन कथनहरु तथा विभिन्न रोचक घटनाक्रमहरु
उल्लेख गरिएको छ । अन्तिम पेजमा कर्मचारीहरुलाई चेतावनीको शैलीमा
लेखिएको छ : यदि हामीले फेसबुकलाई मार्ने कुनै चिजको सिर्जना गरेनौँ
भनेर अरुले गर्नेछन् ।
Gravity Room
फेसबुक मातहतको इन्स्टाग्रामको कार्यालयको एउटा कोठाको नाम हो
ग्राभिटी रुम । यो कोठा पूर्णत गुरुत्वआकर्षण बल प्रतिरोधी रहेको छ
अर्थात् यो कोठाको एउटा भागमा गुरुत्वआकर्षणको अनुभुती हुँदैन र
साँच्चीकै अन्तरीक्षमा जस्तो छ ।
Hacker Square
यो दुनियाका खतरनाक ह्याकरहरु जम्मा हुने चोक चाहीँ होइन है ।
फेसबुकका कर्मचारीहरु नियमित रुपमा भेटघाट गर्ने भवन र त्यसबाहिरको
खाली ठाउँ हो ।
“Purple Tie”
यो कुनै वैजनी रंगको टाइ होइन । फेसबुकका कर्मचारीका कपडा धुने
कम्पनी हो । फेसबुकका कर्मचारीहरुले प्रायः ठूलो वैजनी रंगको
झोलामा हालेर आफ्ना कपडा धुलाउनका लागि यो कारखानामा लग्ने
गर्छन् ।



0 comments:
Post a Comment