हङकङमा रनवे फेसन सो


काठमाडौंमा कार्यरत फेसन डिजाइनर रोजिना श्रेष्ठले तयार पारेका पहिरनहरू हङकङमा
प्रदर्शन हुँदैछन् । पोखरास्थित गुडमर्निङ पोखरा वृद्धाश्रमलाई सहयोग गर्ने उद्देश्यले पूर्व
खेलाडी खुशी गुरुङद्वारा आयोजित 'कायरा बुटिक अन द रनवे फेसन सो-२०१४' का क्रममा
रोजिनाका पछिल्ला पहिरनहरू प्रदर्शन हुन लागेका हुन् । पर्सि आइतबार साँझ ६ बजे
प्रारम्भ हुने फेसन शोमा हङकङमै मोडलिङ गरिरहेका एक दर्जन मोडलले क्याटवाक गर्दैछन्

उक्त फेसन सोमा सीमा गुरुङ, अनु लिम्बू, सुमी पुन, अञ्जना पुन, लुना पुन, पूजन राना, रिया
गुरुङ, सपना गुरुङ, मीरा पुन, लिना थापा, रोशनी श्रेष्ठ तथा सोइता गुरुङले क्याटवाक
गर्दैछन् । अभिनेता निरज बराल विशेष अतिथिका रूपमा सहभागी हुने फेसन सोका क्रममा
स्थानीय गायक-गायिकाहरूले गीत-संगीत प्रस्तुत गर्ने कार्यक्रम पनि छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects